१६ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सयले बढेर २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ३९ हजार रुपैयाँ थियो। यसअघि शुक्रबार सुनको मूल्य २ लाख ३९ हजार रुपैयाँ कायम भएको थियो।

त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। शुक्रबार तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार रु ५ घटेर ३ हजार ५५ रुपैयाँ कायम भएको हो।