काठमाडौं। केन विलियमसनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
उनको सन्यासको जानकारी न्युजिल्यान्ड क्रिकेट बोर्डले सार्वजनिक गरेको हो। विलियमसनले न्युजिल्यान्डका लागि ९३ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै कुल २,५७५ रन बनाएका छन्।
सन् २०११ मा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका विलियमसनले ७५ खेलमा कप्तानी गरे। उनको नेतृत्वमा न्युजिल्यान्डले दुई पटक आईसीसी टी–२० विश्वकपको सेमिफाइनल (२०१६ र २०२२) र एक पटक फाइनल (२०२१) मा स्थान बनाएको थियो। न्युजिल्यान्ड क्रिकेटका अनुसार, विलियमसनले आफ्नो सन्यासबारे भनेका छन्, ‘मलाई लाग्छ, छोटो फम्र्याटबाट अलग हुने यो नै उपयुक्त समय हो।’
विलियमसनले भने, “म लामो समयदेखि यस ढाँचाको हिस्सा हुँ र यससँग सम्बन्धित हरेक सम्झना र अनुभव मेरो लागि धेरै विशेष छ। अब मलाई लाग्छ कि यो समय म र टोली दुवैको लागि सही छ। यसले टोलीलाई आगामी शृङ्खला र उनीहरूको अर्को ठूलो लक्ष्य, टी-२० विश्वकपको लागि स्पष्टता दिनेछ।”