काठमाडौँ
००:००:००
२५ कार्तिक २०८२, मंगलवार

१७ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। न्यारोबडी विमानमा राखिएको इन्जिनको भाडाबापतको रकम भुक्तानी नगरेको विषयमा नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमलाई प्रस्टीकरण सोधेको छ।

नेपाल वायुसेवा निगमले इजरायली कम्पनी एरोस्पेस इन्डस्ट्रिज लिमिटेड (आईएआई)बाट जहाजको इन्जिन ल्याएको थियो। त्यसबापतको करिब ४२ करोड रुपैयाँ निगमले भुक्तानी नगरेपछि इजरायली कम्पनीले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई उक्त विषयमा जानकारी गराएको थियो।

इजरायली कम्पनीले नेपाल वायुसेवा निगमसँग सम्झौता रद्द भएको र बिल वापतको रकम भुक्तानी नभएको जानकारी नागरिक उडड्यन प्राधिकरणलाई गराएपछि सोमबार प्राधिकरणले निगमलाई स्पष्टीकरण सोधेको हो। इजरायली कम्पनीसँग सम्झौता रद्द भइसक्दा पनि किन इन्जिन फिर्ता नगरेको भनेर प्राधिकरणले वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको हो।

निमगलाई पठाइएको पत्रमा भनिएको छ, “इजरायली कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम किन भुक्तानी नगरेको? नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको त्यस निगमबाट भएको यस प्रकारको कार्यबाट नेपालको हवाई क्षेत्रको प्रतिष्ठामा पर्न सक्ने नकरात्मक प्रभावलाई समेत दृष्टिगत गरी तीन दिन भित्र प्रतिक्रिया उपलब्ध गराउनू।”

निगमको लुम्बिनी नामको न्यारोबडी जहाजमा उक्त इन्जिन प्रयोग गरेको थियो। अहिले उक्त जहाज ग्राउन्डेड छ। पटक-पटकको ताकेतामा पनि इन्जिनको भाडा नबुझाएपछि इजरायल एरोस्पेस इन्डस्ट्रिज लिमिटेड (आईएआई)ले निगमलाई इमेल लेखेर इन्जिन लिज सम्झौता रद्द भएको बताएको थियो।