१७ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेपाल प्रहरीका हालै बढुवा भएका पाँच डीआईजीको पदस्थापन भएको छ।

जसमा भूपेन्द्रबहादुर खत्रीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सानुराम भट्टराईलाई प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभाग‚ ओम अधिकारीलाई उपत्यका प्रहरी कार्यालय, शेखर खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अबिनारायण काफ्लेलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको हो।

यी पाँचैजना कात्तिक ९ गते बढुवा सिफारिस भएका थिए। उनीहरुको बढुवा सदरसँगै पदस्थापन गरिएको हो।