काठमाडौँ। पूर्वबैंकर कमलप्रसाद ज्ञवालीलाई छाड्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।
पत्नी गौरी खनाल ज्ञवालीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले आज (सोमबार) परमादेश जारी गरेको हो।
ऋण दुरुपयोग अभियोगमा उच्च अदालतअन्तर्गतको वाणिज्य इजलास पाटनले ज्ञवाली र उनकी पत्नी गौरीलाई २०७३ असोजमा जेल र जरिवानाको सजाय सुनाएको थियो। ज्ञवाली सात वर्षदेखि जेलमा छन्। ज्ञवालीले जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट ऋण लिएर दुरुपयोग गरेका थिए।