काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२१ कार्तिक २०८२
अ+
अ-

जकार्ता। इन्डोनेसियाको राजधानी जकार्तास्थित एक क्याम्पसमा शुक्रबार भएका दुईवटा विस्फोटमा परी कम्तिमा २० जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

विष्फोट के कारण भएको थियो भन्ने बिषयमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताए ।

उत्तरी जकार्ताको माध्यमिक तहकोसमेत पढाइ हुने मस्जिद नजिकै रहेको क्याम्पसमा स्थानीय समय अनुसार दिउँसो १२ः१५ बजे विस्फोट भएको राजनीति तथा सुरक्षा उप–समन्वय मन्त्री लोडेविज्क फ्रेड्रिक पाउलसले बताए ।

के भयो र किन भयो भन्ने बारे तत्काल बोल्नु हतार हुने उनले बताए ।

“यो आतङ्कवादी कार्य हो भन्ने निष्कर्षमा नपुग्नुहोस्,” अन्तारा राज्यको सञ्चार माध्यमले लोडेविज्कलाई उद्धृत गर्दै लेखेको छ।

विस्फोट मस्जिदको पछाडि र विद्यालयको ढोका नजिकै भएको थियो।

जकार्ता प्रहरी प्रमुख एसेप एडी सुहेरीलेपनि बिष्फोटको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताए ।

“हामीले प्राप्त गरेको प्रारम्भिक तथ्याङ्कले लगभग ५४ जना प्रभावित भएको सङकेत गर्छ,“ कोम्पास टिभीद्वारा प्रसारित टिप्पणीमा पत्रकारहरूसँग एसेपले भने।

उनले भने, “घाइतेमध्ये केहीलाई सामान्य चोटपटक लागेको र उनीहरूलाई सामान्य उपचारपछि घर फर्काइएको छ भने केही व्यक्ति अस्पतालमा उपचाररत छन् ।”