काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२१ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका–८ आमथलास्थित भित्री सडकखण्डमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा अनुसार दुर्घटनामा वेदकोट नगरपालिका–७ सुडाका ३१ वर्षीय शिव रानाको मृत्यु भएको हो । राना आफैँले चलाएको म२प ८४०२ नम्बरको मोटरसाइकल भारत विहार निवासी अवधेशकुमार महतोले चलाएको मसला बनाउने आर्गो मिक्सचर मेसिनसँग ठोक्किँदा राना गम्भीर घाइते भएका थिए ।

उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएकामा उपचारकै क्रममा दिउँसो रानाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए । उक्त दुर्घटनामा मोटरसाइकलका पछाडि सवार ३० वर्षीय भीम राना घाइते भएका छन् । उहाँको हाल महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।