साइकल जोगाउन खोज्दा बीच सडकमै पल्टिएको बसलाई क्रेनको सहायताले उठाइयो
काठमाडौँ। काठमाडौँको बालाजु चोकनजिकै यात्रुवाहक बस पल्टिएको छ।
बालाजु चोकबाट माछापोखरीतिर गइरहेको बस शनिबार साँझ सडकमै उत्तानो परेको हो। बस पल्टिँदा सातजना घाइते भएका छन्।
घाइतेलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ। चक्रपथ (रिङरोड) परिक्रमा गर्ने संयुक्त यातायातको बा.३ख ७०४७ नम्बरको बसले साइकललाई जोगाउन खोज्दा सडकमै उत्तानो परेको हो।
दुर्घटनाग्रस्त बसलाई क्रेनको सहायताले उठाइएको छ।
हेर्नुहोस् थप तस्बिर :
