काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२२ कार्तिक २०८२
विमानस्थलको धावनमार्ग। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। त्रिभुवन विमानस्थलको धावनमार्गका बत्ती निभेपछि दुई घन्टादेखि उडान-अवतरण प्रभावित भएको छ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार शनिबार साँझ साढे ५ बजेदेखि धावनमार्गका बत्ती निभेका थिए। धावनमार्गको दायाँ-बायाँ दुवैतर्फका बत्ती निभेको शेर्पाले बताए।

“आंशिक रूपमा बत्ती बलेका छन्, धेरैजसो निभेका छन्,” उनले भने, “कारण के हो पत्ता लागेको छैन।” उनका अनुसार इलेक्ट्रिकल विभागका कर्मचारीहरूलाई धावनमार्गमा खटाइएको छ। “लाइटिङ सिस्टम नियमित नभई विमानस्थल सञ्चालनमा आउने अवस्था आउँदैन, रनवे लामो भएकाले पूरै बत्ती बल्नुपर्छ,” उनले भने।

धावनमार्गमा बत्ती निभेपछि उडानहरू डाइभर्ट गरिएको छ। जनकपुरबाट उडेको बुद्ध एयरको जहाज उतै फर्किएको छ। सुर्खेतबाट उडेको बुद्धकै जहाज पोखरा फर्काइएको छ। कोरियन एयरको जहाज दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको छ।