२४ कार्तिक २०८२
अ+
अ-

पोखरा। जेन-जी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड र हतियार लुटपाटमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जेन-जी आन्दोलनको अवधिमा प्रहरी कार्यालयहरूमा गरिएको तोडफोड, आगजनी तथा हतियार लुटपाट घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजीका क्रममा उनलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति पोखरा महानगरपालिका ८ का २६ वर्षीय युवक हुन्। उनको साथबाट प्रहरी कार्यालयबाट लुटिएको एकथान हतियार बरामद गरिएको प्रहरी उपरीक्षक नवीन कार्कीले बताए।

लुटिएको हतियार चिनियाँ भएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। प्रहरीले उनीविरुद्ध कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान जारी राखेको पनि जानकारी दिएको छ।