काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२४ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता-कार्यकर्ता नेकपा एमालेमै फर्किएका छन्।

राष्ट्रियसभा गृहमा आज (सोमबार) आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले झाँक्री, श्रेष्ठ सहितलाई एमालेमा स्वागत गरे। कार्यक्रममा झाँक्री, श्रेष्ठसहित गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिमल्सिनासहित केन्द्रीय सदस्यहरू एमाले फर्किएका हुन् ।

ओलीले उनीहरूलाई पार्टीको झन्डा दिए । श्रेष्ठ र तिमल्सिनाले ओलीलाई कलम दिए । एमालेबाट २ भदौ ०७८ मा विभाजित भएर बनेको एकीकृत समाजवादी, नेकपा माओवादीसहितका १० घटकसँग मिसिन नगएका नेताहरू एमाले फर्किएका हुन् ।

एमालेका कार्यालय सचिव भीष्म अधिकारीले ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ गरेर सुरुआत मात्रै भएको र देशैभर यो अभियान जारी रहने बताए।

एमाले अध्यक्ष ओलीले केही दिनअघि विगतमा एमाले छाडेकाहरूलाई पार्टीमा फर्कन आह्वान गरेका थिए। सोही आह्वानअनुसार घर फर्क अभियानअन्तर्गत आज १५० भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए।

May be an image of one or more people, dais and text