काठमाडौँ
००:००:००
२३ मंसिर २०८२, मंगलवार

२५ कार्तिक २०८२
तस्बिर : एएनआई
अ+
अ-

नयाँदिल्ली। छत्तीसगढको माओवादी प्रभावित बिजापुरमा सुरक्षा बलले भिडन्तमा ६ जना संदीग्ध माओवादी मारिएको दाबी गरेको छ।

प्रहरीले मृतकको संख्या अझ धेरै हुन सक्ने बताएको छ। बिजापुर जिल्ला प्रहरी अधीक्षक डा. जितेन्द्र यादवका अनुसार‚ “बिजापुर-दन्तेवाडा जिल्ला रिजर्भ गार्ड र विशेष कार्य बलका कर्मचारीहरू र माओवादीहरूको संयुक्त टोलीबीच बिहान १० बजेदेखि बेलाबेलामा गोलीबारी भइरहेको छ।”

उनले माओवादीका हतियारहरु प्रहरीले बरामद गरेको दाबीसमेत गरेका छन्। “अहिलेसम्म, खोजी अभियानको क्रममा माओवादीको ६ वटा शव‚ इन्सास‚ स्टेनगन‚ ३०३ राइफलसहित स्वचालित हतियार‚ विस्फोटक पदार्थ र माओवादीका सामग्रीहरु भिडन्त स्थलबाट बरामद गरिएको छ।”

बस्तरका प्रहरी महानिरीक्षक सुन्दरराज पीले भने‚ “आजको अपरेसन सुरक्षा बलहरूका लागि निर्णायक र महत्त्वपूर्ण प्रगति हो। यो सफलता यस्तो समयमा आएको हो जब माओवादी संगठन नेतृत्वहीन, दिशाहीन र निराश छ, आफ्ना केही बाँकी रहेका आधारहरूमा सीमित छन्।”

उनले थप सुरक्षाकर्मीहरुलाई परिचालन गरेको पनि बताएका छन्। उनले भने‚ “जिल्ला रिजर्भ गार्ड, बस्तर फाइटर, सीआरपीएफ र सीएएफ कर्मचारीहरूको थप टोली घटनास्थलमा पठाइएको छ।”

गत महिनाको अन्त्यमा, २१ माओवादी कार्यकर्ताले १८ हतियारसहित आत्मसमर्पण गरेको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन्।