२६ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। श्रीलंकाका पूर्वपर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रसन्ना रणतुंगालाई घूसखोरी तथा भ्रष्टाचारको आरोपबारे अनुसन्धान गर्ने आयोगले पक्राउ गरेको छ। रणतुंगालाई सन् २०२१ मा उनको कार्यकालमा भएको भ्रष्टाचारको आरोपमा हिरासतमा लिइएको हो।

पर्यटन मन्त्रालय अन्तर्गतका चार संस्थाका लागि नयाँ बीमा योजना खरिदका क्रममा राज्यको स्वामित्वमा रहेको श्रीलंका बीमा निगम (एसएलआईसी) बाट सीधै खरिद गर्नुको सट्टा रणतुंगाले निजी कम्पनीमार्फत खरिद गर्दा एसएलआईसीलाई २०२१ को विनिमय दरमा लगभग २४ हजार अमेरिकी डलरको नोक्सान भएको आयोगले जनाएको छ।

उनलाई बयानका लागि कोलम्बोको अदालतमा पेस गरिने छ।

रणतुंगाले यसअघि महिन्दा राजापाक्ष, गोताबाया राजापाक्ष र रानिल विक्रमसिंघेको कार्यकालमा धेरै प्रमुख पदहरू सम्हालेका थिए।