सिन्धुली। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ झनझनेबाट स्रोत नखुलेको १५ लाख रुपैयाँसहित चारजना पक्राउ परेका छन्। प्रहरीले मंगलबार दिउँसो एक चिनियाँसहित चारजनालाई पक्राउ गरेको सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-३१ का २५ वर्षीय आदिल हमिद, २१ वर्षीय आमी अमिद, रौतहट गुजरा नगरपालिका-२ बस्ने ७३ वर्षीय चन्द्रमान योञ्जन र चिनियाँ नागरिक ३२ वर्षीय सिओङ चांग्ये रहेका छन्।
प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीले सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको बा.प्र.०१-०३१ च ५८०४ नम्बरको गाडीलाई जाँच गर्दा पछाडि टायर राखिएको टाउरभित्र लुकाएर राखिएको नगद बरामद भएको हो।
स्रोत नखुलेको रकम बरामदपछि चारैजनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको सुवेदीले बताए।