काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२८ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। बैंक खाता र डिजिटल वालेटबाट १० करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका-२९ मुसैलीका ३५ वर्षीय कृष्णाप्रसाद साह, १४ वर्षीय नाबालक र बारा बिश्रामपुर गाउँपालिका-१ का २१ वर्षीय राहुल मण्डल रहेका छन्।

उनीहरूलाई २६ कात्तिकमा वीरगन्ज-८ प्रभु अस्पतालअगाडिबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले बताए। पक्राउ परेकालाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

प्रहरी उपरीक्षक पाठकका अनुसार उनीहरू प्रभु अस्पतालअगाडि बस्थे। सडकमा हिँड्ने मानिसलाई प्रलोभनमा पारेर बैंकको खाता खोलाउँथे।

खातामा सामाजिक सञ्जालमार्फत् विभिन्न कम्पनीको कागजात बनाई अर्डर बिल बनाउँथे। त्यसैमार्फत् विभिन्न व्यक्तिको बैंक तथा डिजिटल वालेट प्रयोग गरी अवैध कारोबार गर्थे। पक्राउ परेकाले अहिलेसम्म १० करोडभन्दा बढी अवैध कारोबार गरेको पाठक बताउँछन्।

उनीहरूको साथबाट विभिन्न बैंकका ४३ थान एटीएम बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई बैंकिङ कसुर मुद्दामा पर्सा अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।