काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२८ कार्तिक २०८२
अ+
अ-

सुनसरी। प्रहरीले सुनसरीको इटहरी उप-महानगरपालिका-३ डाडागाँउ टोलबाट गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इटहरी-३ की कल्पना राई र भोजपुर रामप्रसादराई गाउँपालिका-७ का मनोज राई रहेका छन्।

प्रहरी चौधी तालतलैयाको टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।

कल्पनाको घरमा रहेको प्रदेश १-०२-००३ ह ९०५५ नम्बरको सिटी सफारीबाट ९८ किलो गाँजा बरामद भएको हमालले बताए। उक्त सफारीमा गाँजा लोड भइरहेको थियो। मनोज कल्पनाकै घरमा बस्दै आएका थिए।

उनीहरूले कहाँबाट गाँजा ल्याए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। पक्राउ परेका दुबै जनालाई लागुऔषध मुद्दामा हिरासतमा राखिएको छ।