१ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाल प्रहरीको रिक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी सिफारिस भएका छन्।

गृह मन्त्रालय बढुवा समिति सचिवालयले सोमबार अधिकारीलाई बढुवाको सिफारिस गरेको हो। एसएसपी प्रकाश रानाभाटले राजीनामा दिएपछि एक डीआईजी पद रिक्त थियो। अधिकारी यसअघिको बढुवामा छुटेका थिए। वरीयतामा पहिलो नम्बरमा रहेका अधिकारीलाई ९ कात्तिकमा भएको सिफारिसमा छुटाइएको थियो।

उक्त सिफारिसमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले पर्दा अधिकारी छुटेका थिए।

अधिकारी २३ भदौको जेन-जी आन्दोलनका बेला जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख थिए। उनी त्यहाँ रहँदा आन्दोलनमा अत्यधिक बल प्रयोग गरेको र अन्धाधुन्द गोली चलाएको आरोप लागेको थियो।