काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२ मंसिर २०८२
अ+
अ-

काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टरका लागि आवश्यक प्रक्रिया पूरा गर्न डा.अभिषेक राज सिंहको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

मन्त्रीस्तरीय निर्णयबाट सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो। समितिमा डा. घनश्याम पाण्डे र राष्ट्रिय खेलकुद परिषदका प्रशासकीय अधिकृत दोबे तामाङ सदस्य छन्।

कार्यदललाई स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर सञ्चालनको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन ९० कार्यदिन तोकिएको छ।

राष्ट्रिय क्रिकेट टिमसँग काम गरिसकेका डा. सिंह पोखरा विश्वविद्यालयबाट मास्टर्स इन हस्पिटल एड्मिनिस्ट्रेसन अध्ययन गर्दाका गोल्ड मेडलिस्ट पनि हुन्।