काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

८ मंसिर २०८२
अ+
अ-

काठमाडौं। साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजारमा हरियाली देखिएको छ। आइतबार ३९.९२ अंकले बढेको नेप्से सोमबार भने ५०.४४ अंकले बढ्यो। १.९४ प्रतिशतले बढेको नेप्से २६५०.६६ विन्दुमा रोकिएको छ।

आज ३३० कम्पनीको ७९ हजार ७१४ पटकको कारोबारमा १४ करोड २० लाख चार हजार ३६२ कित्ता सेयर किनबेच भए। जसमा आज सात अर्ब ३५ करोड ४८ लाख १३६ रुपैयाँबराबरको कारोबार भयो।

आज सबै समूहका सूचकमा हरियाली छायो। सोमबार २१५ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको घट्यो भने ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ८१ लाख ५१ हजार ५४६ रुपैयाँको सेयर कारोबार भएको छ । जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ८६० रुपैयाँ रह्यो।