जेन-जीलाई सिंहदरबार प्रवेशमा रोक
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ।
सिंहदरबार प्रवेश गर्न लागेका मिराजसहित जेन-जीलाई आज (मंगलबार) प्रहरीले घकेल्दै अनामनगर पुल कटाएको थियो।
उसो त हिजो (सोमबार) पनि मिराज नेतृत्वको टोली प्रधानमन्त्रीलाई भेटेर आफ्ना मागपत्र बुझाउने भन्दै सिंहदरबार प्रवेश गर्ने क्रममा प्रहरीले गेटमै रोकेको थियो।
सिंहदरबार प्रवेश गर्न नपाएपछि मिराजको टोलीले आफ्ना मागपत्र सिंहदरबारको दक्षिण गेटमै टाँसेर हिँडेको थियो।
यस्तै जेन-जीको अर्को समूह भने सोमबार सिंहदरबार त प्रवेश गर्यो तर प्रधानमन्त्रीसँग भेट हुन नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमै नाराबाजी र होहल्ला गरेका थिए।
प्रधानमन्त्री कार्कीको स्वकीय सचिव आदर्श श्रेष्ठमाथि प्रकाशित समाचारको विषयमा ध्यानाकर्षण पत्र बुझाउन गएका जेन-जीको एउटा समूहले प्रधानमन्त्रीलाई भेट्न नपाएपछि होहल्ला गरेका हुन्।
हेरौँ थप तस्बिर :
