९ मंसिर २०८२
अ+
अ-

काठमाडौं। राप्रपा नेपालले आगामी २१ फागुनमा हुने घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गरेको छ।

पार्टीको काठमाडौंमा मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेसँगै दर्ता गरिएको हो।

दल दर्ताका लागि पार्टीका सहायक महामन्त्री एवं केन्द्रीय सचिवालय सह-प्रमुख हिक्मतजंग भण्डारी र कार्यालय सचिव कर्णबहादुर माझी निर्वाचन आयोग पुगेका थिए।