काठमाडौँ। नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरू आज (बुधबार) काठमाडौंमा भेला भएका छन्।
उनीहरुको भेला राष्ट्रिय सभागृहमा सुरु भएको हो। जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आयोजना गर्न माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए। अहिलेसम्म यस विषयमा केही प्रक्रिया अघि बढेको छैन।
यसअघि ३ मंसिरमा पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन पक्षधरका नेताहरूले विशेष महाधिवेशन आयोजना मिति र स्थान तोक्न माग गरेका थिए। महाधिवेशनबारे निर्णय लिन भोलि (बिहीबार) दिउँसो सानेपामा केन्द्रीय समिति बैठक पनि बस्दै छ।
हेरौँ सभागृहमा भेला भएका कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुको जमघटका थप तस्बिर :
