काठमाडौँ
००:००:००
२८ मंसिर २०८२, आईतवार

१० मंसिर २०८२
अ+
अ-

काठमाडौँ। इटालीमा अब महिला हत्यालाई जघन्य अपराधका रुपमा लिइने भएको छ।

इटालियन संसदले लैंगिक (स्त्रीहत्या) आधारमा महिलाको हत्यालाई जघन्य अपराध बनाउने विधेयक पारित गरेको छ। यो विधेयकमा महिला हत्याका घटनामा आजीवन जेल (कारावास) को प्रावधान समावेश छ।

यो विधेयक २५ नोभेम्बरमा पारित भएको थियो। जुन महिलाविरुद्ध हुने हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ।

यस कारणले गर्दा यसलाई प्रतीकात्मक कदमका रूपमा पनि हेरिएको छ।

इटालीमा पहिले पनि महिला हत्याविरुद्ध कानुन बनाउनेबारे छलफल भएको थियो, तर दुई वर्षअघि भएको एक हत्याले सरकारलाई यस दिशामा तत्काल निर्णय लिन बाध्य बनायो।

नोभेम्बर २०२३ को अन्त्यमा २२ वर्षीया गिउलियालाई उनका पूर्वप्रेमी फिलिपो टुरेटाले छुरा प्रहार गरी हत्या गरेका थिए। जसले उनको शवलाई झोलामा राखेर तालको किनारमा फ्याँकिदिएका थिए।

यो घटनाले सम्पूर्ण राष्ट्रलाई स्तब्ध बनायो। यो नयाँ विधेयक पारित भएसँगै इटाली ती देशहरूको समूहमा सामेल भएको छ जहाँ नारी हत्यालाई छुट्टै अपराधका रूपमा वर्गीकृत गरिएको छ।