ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बस्ने भनिएको बैठक आइतबारका लागि सारिएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार १२ मंसिरको दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक १४ मंसिरको दिउँसो २ बजे बस्ने भएको छ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पनि मुख्यसचिवले जारी गरेको सूचनामा उल्लेख छ।
