काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन्।
परिषद्का संरक्षक एवं प्रधानमन्त्री कार्कीले घिसिङले आफ्नो कार्यकालमा नेपाली खेलकुदका लागि दिएको योगदानको सराहना गर्दै आगामी सुखद् जीवनका लागि शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सदस्यसचिव घिसिङको पदावधि यही मङ्सिर १३ गते सकिँदैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मुख्यसचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलगायतको उपस्थिति थियो ।