काठमाडौँ
००:००:००
१८ माघ २०८२, आईतवार

१३ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलोपटक विदेशी खेलाडीले कप्तानी गर्दै छन्। आज (शनिबार) जारी खेलमा दक्षिण अफ्रिकाका पूर्वअलराउन्डर वायन पार्नेलले जनकपुर बोल्ट्सको कप्तानी सम्हालेका हुन्।

यसअघिका नियमित कप्तान अनिल साहलाई अन्तिम ११ मा नसमेटेको जनकपुरले पार्नेललाई कप्तानीको जिम्मेवारी दिएको हो। पार्नेलले कप्तानी सम्हाल्दै एनपीएल इतिहासमै पहिलो विदेशी खेलाडी बने।

उनको कप्तानीमा जनकपुरले अहिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा सुदूरपश्चिम रोयल्सविरुद्ध खेलिरहेको छ।

लगातार तीन खेल हारेको जनकपुर यो खेल जित्नै पर्ने दबाबमा छ।