काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले अलाभेसलाई ३-१ गोल अन्तरले पराजित गरेको छ। यो जितसँगै बार्सिलोना लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

त्यसमा लामिन यामलले बार्सिलोनाका लागि पहिलो गोल गरेपछि डानी ओल्मोले दुई गोल थपे। लामिन यामालले खेलको आठौँ मिनेटमा पहिलो गोल गरे। डानी ओल्मोले २६औँ मिनेटमा र फेरि इन्जुरी समयमा अर्को गोल गर्दै बार्सिलोनाको जितको अन्तर फराकिलो बनाए।

यद्यपि, खेलको पहिलो मिनेटमै पाब्लो इबानेजले अलाभेसका लागि गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि बार्सिलोनाले तीन गोल फर्काएर ३-१ को प्रभावशाली जित निकाल्न सफल भयो।

बार्सिलोना ३४ अंकमा शीर्ष स्थानमा रहेको छ भने एटलेटिकोको ३१ अंक छ र तेस्रो स्थानमा छ। उनीहरूबीच रियल म्याड्रिड एक खेल कम खेलेर ३२ अंकमा दोस्रोमा छ।