काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको आशन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरेका छन्।
एमालेको महाधिवेशन प्रचार समितिद्वारा आज (आइतबार) पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले लोगो सार्वजनिक गरेका हुन्।
पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्मा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक रुप भएको बताइन्। लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँचतल्ले दरबार, पार्टीको निर्वाचन चिह्न आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत पदाधिकारीको उपस्थिति थियो। सोही अवसरमा महाधिवेशनकेन्द्रित जिङ्गल पनि सार्वजनिक गरियो। यही २७ देखि २९ मंसिरसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि यही १३ मंसिरमा मातहतका कमिटीमा प्रतिनिधि छनोट सकिएको छ।