काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१४ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। करिब साढे दुई वर्षदेखि काठमाडौं महानगरपालिका–२७ अन्तर्गत बीर अस्पतालबाट जमल जाने बाटोको फुटपाथ निर्माण नहुँदा क्षेत्र अव्यवस्थित बनेको छ।

फुटपाथ बनाउने भन्दै सामग्रीहरू राखिएको भए पनि काम नबढ्दा पैदल यात्रुले सघन यातायातसँगै जोखिम मोलेर हिँड्न बाध्य छन्।

स्थानीयका अनुसार फुटपाथमा थुपारिएका निर्माण सामग्री र अव्यवस्थित संरचनाका कारण सडक अझै साँघुरो बनेको छ। बीर अस्पताल आसपास दैनिक ठूलो संख्यामा पैदल यात्रु ओहोरदोहोर गर्ने हुँदा समस्या झनै बढेको छ।

सहरी क्षेत्रमा सुरक्षित हिँडडुलका लागि फुटपाथ अनिवार्य भए पनि काठमाडौंका धेरै भागमा यस्तै अवस्थाका कारण पैदल यात्रुको सुरक्षामा निरन्तर असर परेको छ।