काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१७ मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

हेटौँडा। प्रतिबन्धित खैरो हेरोइन किनबेच गरिरहेको अवस्थामा मकवानपुरको मनहरि गाउँपालिका ९‚ रजैयास्थित पुलबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

रजैयास्थित पुलमा प्रतिबन्धित लागुऔषध बिक्री भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएका प्रहरी टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका १६ घर भई हेटौँडा १९‚ सान्नानटार बस्ने २६ वर्षीय अनिल स्याङ्तान, मकवानपुरको मनहरि गाउँपालिका ५‚ वसन्तपुरका २३ वर्षीय सञ्जित आले, मनहरि ३‚ लामिटारका ३३ वर्षीय विनोदबहादुर बल र मनहरि ५ का ३० वर्षीय सुरेश स्याङ्तानलाई पक्राउ गरेको हो।

पक्राउ परेकाको साथबाट करिब २० मिलिग्राम खैरो हेरोइन र बा.८९प ६२९३ नम्बरको मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।