काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१७ मंसिर २०८२
अ+
अ-

सुर्खेत। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दल नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन्।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता शर्माले दलका प्रमुख सचेतक कृष्णबादुर जीसीसमक्ष आज (बुधबार) राजीनामा दिएका हुन्। दलका प्रमुख सचेतक जीसीलाई उनले पत्रमार्फत सम्बोधन गर्दै लेखेका छन्, “उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु।”

कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहेका शर्मा हालै गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएसँगै दलको नेताबाट राजीनामा दिएको जानकारी दिए। नेकपा माओवादी केन्द्र विघटन भएर नेपाली कम्युनिस्ट पार्टी भएको छ।

शर्माले राजीनामा दिएपछि नेपाली कम्युनिस्ट पार्टीका बाँकी १२ प्रदेशसभा सदस्यबाट दलको नेता चयन गर्ने बाटो खुला भएको प्रमुख सचेतक जीसीले जानकारी दिए। -रासस

यो पनि…

कर्णालीका पूर्वमुख्यमन्त्रीलाई सांसदबाट निष्कासन गर्न सिफारिस