काठमाडौँ। ऊर्जा तथा सिँचाइमन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा भएको छ।
काठमाडौंको राष्ट्रिय सभागृहमा पार्टीको औपचारिक घोषणा सभामा घिसिङको पनि उपस्थिति छ। घिसिङले पार्टीको नामअंकित टोपी लगाएर कार्यक्रममा सहभागिता जनाएका छन्।
निर्वाचन आयोगमा पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षमा पार्टी दर्ता भएको छ। सभास्थलमा हरियो टोपी लगाएका हरियो झन्डा बोकेका पार्टीका समर्थकको उपस्थिति छ। पार्टीको चुनाव चिह्न ‘बलिरहेको चिम’ प्रतीकात्मक रूपमा प्रवेशद्वारमै सजाइएको छ।
हेर्नुहोस् थप तस्बिर :

