बिर्तामोड। अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपीएफ क्लबले जित निकालेको छ। एपीएफको यो दोस्रो जित हो।
आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो। एपीएफले ३-१ को सेटमा आर्मीलाई स्तब्ध बनाएको हो।
एपीएफले १५-२५, १८-२५ र १८-२५ को सेटमा आर्मीलाई पराजित गरेको हो। आर्मीले २२-२५ को सेट आफ्नो पक्षमा पारेको थियो। खेलको प्लेयर अफ द म्याच एपीएफकी सृष्टि खड्गी भइन्।
प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा बाँडिएको छ। समूह ‘ए’ मा एपीएफ, एभरेस्ट र त्रिभुवन आर्मी छन्। त्यस्तै समूह ‘बी’ मा न्यु डायमन्ड, कोसी प्रदेश र नेपाल पुलिस छन्।