काठमाडौँ
००:००:००
२ माघ २०८२, शुक्रबार

जेन-जी आन्दोलनपछि आगजनीमा परेको भाटभटेनीको गोदाम तीन महिनामै पुनः सञ्चालन

१८ मंसिर २०८२
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीमा परेको भाटभटेनी सुपरमार्केटले तीन महिनापछि आफ्नो गोदाम पुनः सञ्चालनमा ल्याएको छ।

बालुवाटारस्थित मुख्य गोदाम रुद्री पूजा गरी आज (बिहीबार) देखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ।

नेपालको ठूलो मानिने सुपरमार्केट भाटभटेनीका १२ स्टोरमा भएको आगजनी‚ तोडफोड तथा लुटपाटका कारण करिब १२ अर्ब रुपैयाँबराबरको क्षति पुगेको थियो।

आगजनी र तोडफोडका कारण बिग्रिएका संरचना, भण्डारण प्रणाली र सामानको व्यवस्थापन पुनर्निर्माण तथा मर्मतपछि गोदाम सञ्चालनमा आएको हो।

व्यवस्थापनका अनुसार ठूलो आर्थिक नोक्सानीका बाबजुद सेवा प्रवाहलाई नियमित बनाउने काम तीव्र गतिमा अघि बढाइएको थियो।

आजदेखि गोदाम सञ्चालनमा आएपछि प्रभावित स्टोरहरूको आपूर्ति प्रणाली पनि क्रमशः सहज हुने भाटभटेनीले जनाएको छ।