काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ मंसिर २०८२
अ+
अ-

नयाँदिल्ली। भारतीय कांग्रेस पार्टीले केरलका विधायक राहुल ममकुटाथिललाई पार्टीको साधारण सदस्यताबाटै निष्कासन गरेको छ। राहुलमाथि बलात्कारको आरोप लागेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार केरलको एक अदालतले राहुल ममकुटाथिलको अग्रिम जमानतको माग अस्वीकार गरेको छ।

राहुल केरलको पलक्कडका विधायक हुन्।

केरल कांग्रेस अध्यक्ष सन्नी जोसेफले गम्भीर आरोपका कारण राहुल ममकुटाथिललाई पार्टीको साधारण सदस्यताबाट निष्कासन गरिएको बताएका छन्।