काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (शनिबार) भएको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२० रन मात्रै बनाउन सक्यो।
उसका लागि देव खनालले सर्वाधिक ३५ र अल्पेश रामजानीले अविजित ३३ रन बनाए।
पोखराका नञ्जय लक्षनले तीन विकेट लिए।
प्लेअफबाट बाहिरिसकेका चितवन र पोखराका लागि आजको खेल प्रतिष्ठाको हुनेछ। दुवै टोलीसँग ६ खेलबाट चार/चार अंक छ।
आजै भएको पहिलो खेलमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो।