काठमाडौं। आज २०८२ साल मंसिर २० गते शनिबार तदनुसार सन् २०२५ डिसेम्बर ६ तारिख। पुष कृष्ण पक्षको द्वित्तिया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : उल्झन सुल्झाउने महत्वपूर्ण दिन हो । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइनेछ । दिनभरि मन प्रफुल्ल रहने छ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । याद गर्नुहोला, आज जसरी भए पनि घरव्यवहार, भौतिक सुख र मायाप्रेमका लागि समय निकाल्ने दिन हो ।
बृष: बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ, घरपरिवार र सन्ततिपक्षको सहयोग मिल्नेछ । यसरी बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ ।
मिथुन: सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्न सक्छ, तर दिन नराम्रो छैन । गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइनेछ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ ।
कर्कट: चौथो घरमा चन्द्रमा भए दिन लाभदायक रहने छ । नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अनुकूलता मिल्नेछ । व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिनसकिने छ । सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ ।
सिंह: सामाजिक काममा दौडधूप हुनसक्छ र धार्मिक÷सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ ।
कन्या: दिन रमाइलो गरी बित्नेछ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ ।
तुला: आजबाट खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ ।
बृश्चिक: सुरुमा सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनसक्छ । कामप्रति लगनशीलता बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । तर साँझपख गरेका काममा अवरोध आउने सम्भावना छ । दैनिक कामकाजको चाप बढ्न सक्छ ।
धनु: मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ, गरेका काम सफल हुनेछन् । सम्मान र साख आर्जन गरिने छ । अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् ।
मकर: बिहान धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षण हुनेछ । आज कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ ।
कुम्भ: उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । गरेका प्रयासमा भाग्यले साथ दिनेछ, साँझपख अचानक हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नु पर्नेछ ।
मीन: प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।