काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

२३ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिंहदरबारबाट सेवाप्रवाह सुरु गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आज (मंगलबार) देखि आंशिक रूपमा सिंहदरबारबाट सेवाप्रवाह भएको जानकारी दिए।

उनका अनुसार मन्त्री, दुई सचिव, नीति, योजना तथा अनुगमन महाशाखा र कर्मचारी महाशाखाबाट हुने सेवाप्रवाह सिंहदरबारबाट सुरु गरिएको छ। सिंहदरबारस्थित नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा विश्व स्वास्थ्य संगठनले मन्त्रालयका लागि ६ वटा ‘प्रिफ्याब ब्लक’ बनाइदिएको छ।

“मन्त्रालयका सबै शाखा सर्न अझै एक महिना लाग्छ,” उनले भने, “तत्कालका लागि मन्त्री र दुई सचिव र दुई महाशाखाको काम सिंहदरबारबाट सुरु गरिएको हो।”

गत २४ भदौको जेन-जी आन्दोलनका कारण रामशाहपथस्थित मन्त्रालयमा आगजनी भएपछि अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यालयबाट मन्त्रालयले सेवा दिइरहेको थियो।