काठमाडौँ
००:००:००
७ माघ २०८२, बुधबार

२६ मंसिर २०८२
अ+
अ-

मुस्ताङ। घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्।

स्थानीयवासी सन्तोष परियारको भेडाच्यांग्रा खोरमा हिउँ चितुवा पसेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जनाएको छ।

परियारको मार्फास्थित खोरमा ४५ भेडाच्यांग्रा थिए  एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार ६ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पठाइएको छ। हिउँद याममा चरनक्षेत्रमा घाँसको अभाव हुने र हिउँ चितुवाको आहारा प्रजाति चरन क्षेत्र खोज्दै बस्ती नजिक आउने गर्छन्।

हिउँ चितुवा पनि आहारा पछ्याउँदै बस्ती नजिक आएर स्थानीय पशुपालकहरूको पशुधनमा क्षति पुर्‍याउने गरेको पाइएको छ। पछिल्लो समय जलवायु परिवर्तनका कारण मानव र हिउँ चितुवा बीचको सहअस्तित्वमा चुनौती देखिएको छ।

यसैका कारण जिल्लाका कतिपय किसान पशुपालन व्यवसाय छोड्न थालेका छन्।