काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

२६ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। एसीसी १९ वर्षमुनिको एशिया कप आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा हुँदैछ।

पहिलो दिन आज भारत र आयोजक यूएई तथा पाकिस्तान र मलेसियाले खेल्दैछन्।

प्रतियोगिताका लागि नेपाली टोली यूएई पुगिसकेको छ। नेपालले पहिलो खेल श्रीलङ्कासँग भोलि खेल्ने छ।

नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ।

नेपालले सबै खेल सेभेन्स रङ्गशालामा खेल्नेछ। प्रतियोगितामा आठ टोली सहभागी छन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन्। दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। फाइनल खेल पुस ६ गते हुनेछ।

नेपाली टोलीमा कप्तान अशोक धामी, नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिव्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिश लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री छन्।