काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

२६ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। दक्षिण अफ्रिकाले भारतलाई पराजित गरेको छ।

गएराती सम्पन्न सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रीकाले भारतलाई ५१ रनले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१३ रनको विशाल योगफल तयार पारेको थियो।

दक्षिण अफ्रिकाका लागि विकेटकिपर ब्याटर क्विन्टन डी ककले सर्वाधिक ९० रनको उत्कृष्ट पारी खेले। त्यस्तै, डोनोभान फेरेइराले ३० रन र कप्तान एडेन मार्क्रमले २९ रनको योगदान दिए।

दक्षिण अफ्रिकाले दिएको २१४ रनको लक्ष्य पछ्याएको भारतीय टोली १९.१ ओभरमा अलआउट हुँदै १६२ रनमा समेटिन पुग्यो।

भारतका लागि तिलक बर्माले सर्वाधिक ६२ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन। अन्य ब्याटरहरू जितेश शर्माले २७, अक्सर पटेलले २१ र हार्दिक पाण्डेले २० रन जोडे।

दक्षिण अफ्रिकाको जितमा तीव्र गतिका बलर ओटनेइल बार्टम्यान नायक ४ विकेट लिए। यसका साथै लुङ्गी एन्गिडी, मार्को जानसेन र लुथो सिपाम्लाले २-२ विकेट लिएका थिए।

यो जितसँगै ५ खेलको टी-२० सिरिज अहिले १-१ को बराबरीमा पुगेको छ।