काठमाडौँ
००:००:००
२६ मंसिर २०८२, शुक्रबार

२६ मंसिर २०८२
प्रधानमन्त्री सुशीला कार्की।
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद्‌ विस्तार गर्ने भएकी छन्। आज चार नयाँ मन्त्री थपिने भएका हुन्।

स्रोतका अनुसार राजेन्द्रसिंह भण्डारी, श्रद्धा श्रेष्ठ, माधव चौलागाईँ र कुमार इङ्नामको नाम मन्त्रीका लागि सिफारिस गरिएको छ। श्रम तथा रोजगार, वन तथा वातावरण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका लागि उनीहरूलाई सिफारिस गरिए पनि कसलाई कुन मन्त्रालय दिने टुंगो गरिएको छैन।

आज नियुक्त हुने मन्त्रीहरूको सपथ दिउँसो ३ बजे हुने भएको छ।