काठमाडौँ। शुक्रबार एकैदिन सुनको भाउ तोलामा तिन हजार पाँच सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ९०५ निर्धारण भएको छ।
बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ८०५ मा कारोबार भएको थियो।
चाँदीले भने केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको छ। शुक्रबार प्रतितोला १०० रुपैयाँ बढेर ३ हजार ९०५ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो। अघिल्लो दिन ३ हजार ८०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।