काठमाडौँ
००:००:००
१ माघ २०८२, बिहीबार

१ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत अहिले बेलुकी ७ बजेदेखि मतदान सुरु हुने भएको छ।

एमाले निर्वाचन आयोग अध्यक्ष विजय सुब्बाका अनुसार मतदानका लागि राति १ बजेसम्म समय निर्धारण गरिएको छ।

महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि सहभागी छन्।

यो पनि…

एमाले महाधिवेशन : ज्ञवालीको ठाउँमा पन्त

एमाले नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ। दुवै खेमाले आ-आफ्ना प्यानलका रुपमा उम्मेदवारहरु अघि सारेका छन्।

अध्यक्षका उम्मेदवार ओली पक्षको अन्तिम सूची सार्वजनिक भएलगत्तै पोखरेल प्यानलमा पनि हेरफेर गरी अन्तिम सूची सार्वजनिक गरिएको छ। पोखरेलको पक्षबाट उपमहासचिवमा आनन्द पोखरेललाई समेटिएको छ।

एमाले महाधिवेशन : ११ जना सर्वसम्मत, १५ को उम्मेदवारी फिर्ता र दुईको खारेज