काठमाडौँ। प्रहरीले पर्सामा ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १९‚ बिन्दबासिनीका ३० वर्षीय शम्भु राउत कम्कर, वीरगन्ज महानगरपालिका १६ का १९ वर्षीय चन्दनकुमार पण्डित, बहुदरमाई नगरपालिका १ का ४० वर्षीय किशोर मिश्रा र भारत बिहार मोतिहारीका २७ वर्षीय सचिन साह छन्।
चारै जनालाई प्रहरीले वीरगन्ज महानगरपालिका १५‚ प्रतिमा चोकबाट शुक्रबार दिउँसो २ बजे पक्राउ गरेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले बताए।
पक्राउ परेकाको साथबाट ४५ ग्राम ब्राउनसुगर बरामद भएको छ। चारै जनालाई लागुऔषध कारोबार तथा बेचबिखन मुद्दामा अनुसन्धान थालिएको पाठकले बताए।