काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छरिएर रहेका सबै कम्युनिस्ट शक्तिहरूलाई एउटै केन्द्रमा ल्याउने संकल्प गरेका छन्।
काठमाडौँमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले १६ वटा कम्युनिस्ट घटकहरू एकजुट भइसकेको र यो प्रक्रिया अझै विस्तार हुने दाबी गरे। सहमति, सहकार्य र एकताकै जगमा समाजवादको यात्रा सफल हुने भन्दै उनले आफ्नो पार्टीले नै यो ऐतिहासिक अभियानको नेतृत्व गर्ने बताए।
सम्बोधनका क्रममा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै कडा प्रहार समेत गरे। आफूलाई कम्युनिस्ट भन्नेहरूले नै विभिन्न छलकपट र जालझेल गरेर आफ्नै सहयोद्धाहरूमाथि प्रतिशोध साँधिरहेको उनको आरोप छ।