५ पुष २०८२
अ+
अ-

खलङ्गा (दार्चुला) । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँ केन्द्रविन्दु भएर तीन दशमलव चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पछिल्लो समय पश्चिम क्षेत्रमा बेला बेला भूकम्प गइरहको छ । आजको भूकम्पबाट हालसम्म क्षतिबारे कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।