काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले जेनजी आन्दोलनका सहिद परिवारसँग छलफल गरेका छन् ।
शनिबार काठमाडौँ आए लगत्तै बबरमहलस्थित जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालयमा पुगेर उनले छलफल गरेका हुन् ।
छलफलपछि सञ्चारकर्मीसँग उनले जेनजी आन्दोलनका क्रममा युवाको हत्या गरिएको भन्दै सहिद परिवारको न्यायका निम्ति लड्ने र जेन जेड सहिद परिवारको मागलाई पूरा गर्न रास्वपा र आफ्नो ऐक्यबद्धता रहने बताए ।