काठमाडौँ
००:००:००
६ पुष २०८२, आईतवार

६ पुष २०८२
अन्तरिम सरकार प्रमुख सुशीला कार्कीको सपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका बाबुराम भट्टराई। तस्बिर : नेपालन्युज
अ+
अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदै छन् ।

जेन जेड आन्दोलनपछि उनी औपचारिक रूपमा पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन्। भ्रमणको क्रममा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक र शैक्षिक क्षेत्रमा कार्यरत व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।

त्यसपछि उनले आईआईटी बम्बैमा आयोजित टेक फेस्टमा र नयाँ दिल्लीमा इन्डिया इन्टरनेसनल सेन्टरको कार्यक्रममा सम्बोधन पनि गर्नेछन् । डा. भट्टराई पुस ९ गते नेपाल फर्किने कार्यक्रममा रहेका छन्।