काठमाडौँ
००:००:००
६ पुष २०८२, आईतवार

६ पुष २०८२
अ+
अ-

काठमाडौँ । मधेस प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुँदै छ । प्रदेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेकामा आइतबार निर्वाचन हुन लागेको हो ।

नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसाद र सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

सभामुख चयनका लागि दिउँसो १ बजे प्रदेश सभा बैठकमा सभामुख निर्वाचनसम्बन्धि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।